नेपाल साफ यू–२० को फाइनलमा

काठमाडाैं | भदौ ९, २०८१

नेपाल साफ यू–२० को फाइनलमा

काठमाडौं:    घरेलु टोली नेपालले भुटानलाई हराउँदै साफ यू–२० च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ ।


सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा टाइब्रेकरमा ४–१ को जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान बनाउन सफल रह्यो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो ।


पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भुटानले जेत्सन दोर्जीको गोलमा अग्रता लियो । तर भुटान १० खेलाडीमा झरेलगत्तै नेपालले निराजन धामीको गोलमा खेल बराबर गर्यो ।


टाइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे । दोस्रो प्रहारमा अभिनाश स्याङतानले गोल गर्दा जिग्मे नाम्गेलको प्रहार जियारत शेखले बचाए । सेमन्त थापाले तेस्रो प्रहारमा गोल गर्दा उग्वेन जिग्मेको प्रहार जियारतले नै बचाए । चौथो प्रहारमा जियारतले गोल गर्दै नेपाललाई फाइनल पुर्याए ।


५६ औं मिनेट मिनेटमा भुटानले अग्रता लिँदै घरेलु टोलीलाई स्तब्ध पार्यो । जेत्सन दोर्जीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको हाफ भली सिधै गोल भयो । गोलरक्षक जियारत शेखले बल ठम्याउन नसक्दा गोल भएको थियो ।


७१ औं मिनेटमा अभिनाश स्याङतानको फ्रिकिक भुटानका गोलरक्षक ल्होचो निमाले डाइभ दिँदै बचाए ।


७७ औं मिनेटमा भुटानका किन्जाङ तेन्जिङ दोस्रो पहेंलो कार्ड खाँदै बाहिरिए । त्यसै फलबाट सुरु भएको छोटो फ्रिकिकबाट निर्माण भएको मुभमा निराजनले गोल गरे । लछु थापाको लामो पासलाई गोलरक्षक निमाले बचाउन नसक्दा निराजनले फ्लिक हेडरमार्फत गोल गरे ।


दोस्रो सेमिफाइनलमा सोमबार भारत र बंगलादेश खेल्नेछन् । फाइनल बुधबार दशरथ रंगशालामा हुनेछ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्